शुक्रबार, वैशाख ४, २०८३

एथ्लेटिको विजयी, सेभिया र सेल्टा भिगो बराबरीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको बिलबाओले रियल सोसिडाडमाथी सहज जित निकालेको छ । शुक्रबार राती भएको खेलमा एथ्लेटिकोले सोसिडाडलाई २-० गोलले पराजित गरेको हो । 

घरेलु टोली एथ्लेटिकोको जितका लागि इनाकी विलियम्स र राउल गार्सियाले एक एक गोल गरे। दुबै गोल पहिलो हाफमा सम्भव भएका थिए। खेलको ११ औं मिनेटमा विलियम्सले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । २८ औं मिनेटमा राउलले गोल गर्दै पहिलो हाफमा अग्रता दोब्बर पारे । 

त्यसपछि दोस्रो हाफमा दुबै टोलीबाट थप गोल हुन नसक्दा एथ्लेटिकोले खेल २-० ले जितेको हो। यसजितसँगै एथ्लेटिको तीन खेलमा दुई जित र एक बराबरी सहित ७ अंक जोडेर शीर्ष स्थानमा छ । पराजित सोसिडाड समान खेलमा ४ अंकसहित नवौं स्थानमा छ । 

त्यस्तै शुक्रबार नै भएको अर्को खेलमा सेभिया र सेल्टा भिगोले १-१ को बराबरी खेलेका छन् । पहिलो हाफ गोल रहित बराबरी भएको खेलको दोस्रो हाफमा दुबै टोलीले एक एक गोल गर्दै अंक बाढेका हुन । खेलका अग्रता भने सेभियाले लिएको थियो । 

खेलको ८१ औं मिनेटमा फ्रान्को भाक्युजले गोल गर्दै सेभिलाई अग्रता दिलाएका थिए । तर, त्यो अग्रता लामो समय टिक्न सकेन् । ८४ औं मिनेटमा सेल्टा भिगोका डेनिस सुआरेजले गोल गर्दै खेल बरारबीमा ल्याए । यस बराबरीसँगै सेभिया तीन खेलमा सात अंक सहित दोस्रो स्थानमा छ भने सेल्टा भिगो ४ अंक जोडेर आठौं स्थानमा छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।