शुक्रबार, वैशाख ४, २०८३

पिएसजीको सहज जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- फ्रान्सेली लिग वानमा अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मेट्जमाथी सहज जित निकालेको छ । शुक्रबार राती भएको खेलमा पिएसजीले मेट्जमाथी २-० को सहज जित निकालेको हो। 

आफ्ना मुख्य फरवार्डविना मैदान उत्रिएको पिएसजीका लागि एन्जल डी मारिया र एरिक म्याक्सिम चोपो मोटिङले एक एक गोल गरे । दुबै गोल खेलको पहिलो हाफमा भएका थिए । 

युवा स्टार केलियन एमबाप्पे र एडिन्सन काभानी चोटका कारण कम्तीमा तीन साता मैदान बाहिर रहने भएपछि पिएसजी मुख्य फरवार्डविनानै मैदान उत्रिएको थियो। त्यस्तै अर्का फरवार्ड नेयमार बार्सिलोनासंग अनुबन्धनको नजिक छन् । उनी सेप्टेम्बर २ अगाडीनै बार्सिलोना पुग्ने बताईएको छ ।

खेलको ११ औं मिनेटमा डी मारियाले पेनाल्टीका गोल गर्दै पाहुना टोली पिएसजीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा एरिक म्याक्सिमले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि दुबै टोलीबाट कुनै गोल हुन नसक्दा खेल पिएसजीले २-० ले जित हात पारेको हो । 

यसजितसँगै पिएसजीले ४ खेलबाट ९ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ । पराजित मेट्जको ४ खेलबाट मात्र ४ अंक सहित तालिकाको १३ औं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।