शुक्रबार, साउन २९, २०८३

अछाममा जिप दुर्घटना, २ को मृत्यु, ५ घाईते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- अछामको मेल्लेख गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई महिलाको ज्यान गएको छ। 

दुर्घटनामा परी पाच घाईते भएका छन्। मेल्लेख-७ नन्देगडामा भएको जिप दुर्घटनामा परि सोही वडाका कित्थि साउद र कौशी साउदको ज्यान गएको छ।

साँफेवगरबाट मेल्लेख गाउँपालिकाको कस्कोटको लागि छुटेको यात्रुवाहक जिप नन्देगडा बजार नजिकै दुर्घटना भएको हो वडा अध्यक्ष नरवहादुर साउदले जानकारी दिए।

से १ ज ९८६ नम्वर को जिप दुर्घटना हुँदा चालकसहित पाच यात्रु घाईते भएको प्रहरीले जानकारी दिएको छ।

जिप अन्दाजी सडक भन्दा एक सय ५० मिटर तल खसेको स्थानीय नृप बुढाले जानकारी दिए। 

उनका अनुसार घाइते हुनेमा जिप चालक नृप साउँद, सहचालक जनक साउँद र मनिषा उपाध्याय रहेको र अन्य दुईको नाम ठेगाना खुल्न सकेको छैन। 

घाईतेको प्राथमिक उपचारपछि थप उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।