एजेन्सी- युवा स्टार खेलाडी केलियन एमबाप्पे र ओस्माने डेम्बले फ्रान्सेली राष्ट्रिय टोली बाहिर रहेका छन् । फ्रान्सले घोषणा गरेको २३ सदस्यिय टोलीमा एमबाप्पे नअटाएका हुन् । सन् २०२० मा आयोजना हुने युरो कप छनोट अन्तर्गत अल्बानिया र एण्डोराविरुद्धको खेलका लागि फ्रान्सले २३ सदस्यिय टोलीको घोषणा गरेको हो।
फ्रान्सले सेप्टेम्बर ८ तारिख राती अल्बानियासँग छनोटमा आफ्नो पाँचौ खेल खेल्दै छ भने सेप्टेम्बर ११ तारिख राती एण्डोरासँग आफ्नो छैठौं खेल खेल्दैछ । मुख्य प्रशिक्षक डिडियर डेस्च्याम्प्ले घोषणा गरेको टोलीमा केलियन एमबाप्पे र ओस्मानजे डेम्बलेसँगै एन’गालो कान्टे, टिममा परेका छैनन्। यि तीनै खेलाडी चोटका कारण टिममा नपरेका हुन्।
त्यस्तै आर्सनलका एलेक्सजेन्डर लाकाजेट्स र म्यानचेस्टर युनाईटेडका एन्थोनी मार्सियल पनि टिममा अटाएका छैनन् । यता म्यानचेस्टर सिटीका डिफेन्डर एम्रिक लापोर्टेले दुई वर्षपछि टिममा स्थान बनाउन सफल भएका छन्।
फ्रान्सको घोषणा टोली
गोलकिपर : अल्फान्सो आरेओला, ह्युगो लोरिस, माईक मैग्नन
डिफेन्डर : लुकास डिग्ने, एम्रिक लापोर्टे, राफायल भराने, लियो डुबोइस, क्लेमेन्ट लिङलेट, कुर्ट जौमा, लुकास हर्नान्डेज, बेन्जामिन पाभर्ड
मिडफिल्डर : ब्लेईस माटुईडी, स्टेभेन एन’जोनजी, मौसा सिसोको, कोर्टिन टोलिस्सो, पाउल पोग्बा
फरवार्ड : विसम बेन एड्डर, किन्ग्ल्से कोम्यान, नबील फेकिर, ओलिभर जेरुड, एन्टोन्टोनी ग्रिजमन, जोनाथन इकोने, थोमस लेमार
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४