शुक्रबार, वैशाख ४, २०८३

पारा पावरलिफ्टीङ्ग प्रशिक्षण सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं– पारा महिला पावरलिफ्टीङ्ग प्रशिक्षणसुरु भएको छ । राष्ट्रिय पारा पावरलिफ्टीङ्ग संघको आयोजनामा शुक्रबार देखी प्रशिक्षण सुरु भएको हो । 

नेपालमा पारा महिला पावरलिफ्टीङ्ग खेलाडी उत्पादन गर्ने उद्धेशयले आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा नेपालका कम्मरदेखि मुनिका भाग कमजोर रहेका करिव २५ पारा खेलाडी र प्रशिक्षकहरुले तीन दिन सम्म सहभागिता जनाउने छन् । 

सहभागि खेलाडी र प्रशिक्षकलाई अन्तराष्ट्रिय टेक्निकल अफिसिसर मलेसियन नुर साहिदा माट शाहले सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिने छिन् । विभिन्न देशमा विकलाङ्ग रहेका खेलाडीहरुलाई हौसाला प्रदान गर्दै उनीहरुमा आत्मविश्वासको विकास गर्दै पावरलिफ्टीङ्गमा लगाउने उद्धेश्यले कार्यक्रम आयोजना भई रहेको र नेपालमा पनि यस खेलको विकासका लागि आफु आएको शाहले बताइन। 

हाल सय भन्दा बढि राज्यमा विकास भईरहेको पारा पावरलिफ्टीङ्गको विभिन्न १० शारिरीक तौल समूहमा एशियन तथा ओलम्पिकमा प्रतियोगिता हुँदै आईरहेको छ । १९६४ मा जापानमा सुरु भएको प्रतियोगिता सन् २०००मा सिड्नी ओलम्पिकमा महिला पावरलिफ्टीङ्ग प्रतियोगिताको आयोजना गरिएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।