बिहीबार, साउन २८, २०८३

तेस्रो अभ्यास खेलमा नेपाल पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- एसिसी यू-१९ एसिया कप क्रिकेटको तयारी स्वरुप श्रीलंकाली क्रिकेट क्लब मरियन्ससँगको मैत्रिपूर्ण खेलमा नेपाल पराजित भएको छ। शुक्रबार भएको तेस्रो अभ्यास खेलमा नेपाल मरियन्ससँग ८९ रनले पराजित भएको हो। 

मरियन्सले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाउयँदै मात्र १ सय ३५ रन बनाउन सक्यो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ४४ रनको योगदान दिएपनि नेपालको जितका लागि प्रयाप्त भएन् । 

त्यस्तै भिम सार्कीले २६, रित गौतमले २५ र पवन सर्राफले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मरियन्सले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २४ रन जोडेको थियो। नेपालका लागि सुर्य तमाङ र पवन सर्राफले समान दुई दुई विकेट लिए। त्यस्तै सागर ढकाल, कमलसिंह ऐरी, राशिद खानले एक एक विकेट लिए।

अघिल्ला दुई अभ्यास खेलमा नेपालले एक जित एक हार व्यहोरेको थियो। नेपाल पहिलो अभ्यास खेलमा सिङहलेस क्लबसँग ३ विकेटले पराजित भएको थियो। त्यस्तै दोस्रो खेलमा भने बादुरेलियालाई ८० रनले पराजित गरेको थियो।

एसिसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले भदौ २० गते आयोजक श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ। त्यस्तै समूह ‘बी’मा रहेको नेपालले दोस्रो खेल भदौ २२ गते बंगलादेशसँग र समूहको अन्तिम खेल भदौ २४ गते युएईसँग खेल्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।