एजेन्सी- स्पेनिस क्लब रियल मड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिग फुटबलको समूह ‘ए’मा परेका छन्। युइएफएले बिहीबार सार्वजनिक गरेको समूह चरणकाे विभाजन अनुसार रियल र पीएसजी एउटै समूहमा परेको हुन् ।
त्यस्तै समुह ‘एफ’ मा परेको स्पेनिस क्लब बार्सिलोनालाई कठिन समूह मानिएको छ। बार्सिलोना रहेको समूहमा बलिया टोली बुन्डेसलिगा क्लब बोरुसिया डर्टमण्ड र इटालियन क्लब इन्टर मिलान रहेका छन् । साविकको विजेता लिभरपुल रहेको समूह ‘ई’मा नेपोली, साल्जबर्ग र जेन्क रहेका छन् ।
गत सिजनको उपविजेता टोटेनहमसँग समूह ‘बी’मा जर्मन महारथी वायर्न म्युनिख परेको छ। इटालियन च्याम्पियन युभेन्ट्स रहेको समूह ‘डी’मा एट्लेटिको मड्रिड, लिभरकुसेन र लोकमोटिभ मस्कोभा रहेका छन् । म्यानचेस्टर सिटी समूह ‘सी’ र चेल्सी समूह ’एच’ मा रहेको छ ।
समूह चरणको ड्र :
समूह ‘ए’
पेरिस सेन्ट जर्मेन (पिएसजी)
रियल मड्रिड
क्लब ब्रुज
गालाटासारे
समूह ‘बी’
वायर्न म्युनिख
टोटेनहम
ओलाम्पिकाओस
क्रेभिना जेभेज्डा
समूह ‘सी’
म्यानचेस्टर सिटी
शाख्तर डोनेस्क
डाइनामो
एटलान्टा
समूह ‘डी’
युभेन्ट्स
एट्लेटिको मड्रिड
लिभरकुसेन
लोकमोटिभ मस्कोभा
समूह ‘ई’
लिभरपुल
नापोली
साल्जबर्ग
जेन्क
समूह ‘एफ’
बार्सिलोना
बोरुसिया डर्टमण्ड
इन्टर मिलान
स्लाभिया प्रभा
समूह ‘जी’
जेनिथ
बेन्फिका
लियोन
आरबी लेपजिङ
समूह ‘एच’
चेल्सी
आयाक्स
भ्यालेन्सिया
लिली
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४