एजेन्सी- बार्सिलोनाका कप्तान लियोनल मेस्सीले वर्षको उत्कृष्ट फरवार्डको उपाधि जितेका छन् । युइएफएले बिहिबार प्रदान गरेको अवार्डमा मेस्सीले वर्षको उत्कृष्ट फरवार्डको उपाधि जितेका हुन् ।
उनले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो, लिभरपुलका साडिओ माने र मोहमद सलाहा, ह्यारी केन जस्ता खेलाडीलाई पछाडि पार्दै उत्कृष्ट फरवार्डको उपाधि जिते ।
गत सिजन मेस्सीले युरोपियन क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी गत सिजनको च्याम्पियन्स लिग फुटबलमा सर्वाधिक गालकर्ता समेत भएका थिए । उनले च्याम्यिनस लिगका १० खेलमा १२ गोल र तीन असिस्ट गरेका थिए ।
त्यस्तै उनले स्पेनको घरेलु लिग ला लिगामा पनि सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेका थिए । उनले गत सिजन ला लिगाका ३४ खेलमा ३६ गोल गरेका थिए। उनले गत सिजन बार्सिलोनाका लागि सबै खाले ५० खेल खेल्दा ५१ गोल गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४