शुक्रबार, वैशाख ४, २०८३

अभ्यास खेलमा नेपालको सहज जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- एसिसी यू-१९ एसिया कप क्रिकेटको तयारीका लागि श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब बादुरेलियासँग भएको मैत्रिपूर्ण खेलमा नेपाल विजयी भएको छ । बिहीबार भएको खेलमा नेपाली यू-१९ टोलीले बादुरेलियालाई ८० रनले पराजित गरेको हो । 

वर्षाले प्रभावित भएपछि डीएल पद्दतिको आधारमा छोट्याएर ३१ ओभरमा झारिएको खेलमा १ सय ६५ रनको लक्ष्य पछ्याएको बादुरेलियाले २३.१ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८४ रन बनाउन सक्यो । 

बादुरेलियाका लागि थेविन्दु दिक्वेलेले सर्वाधिक ३१ रन जोड्दा अरिश्काले २१ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंमा रन छुन सकेनन्।  नेपालको जितमा स्पिनर सागर ढकालले ५ विकेट लिए । त्यस्तै कमल सिंह ऐरी र पवन सरार्फले समान २ विकेट लिँदा कुशल मल्लले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ४६.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६ रन जोडेको थियो । तर, खेल वर्षाले प्रभावित भएपछि डीएल पद्दतिको आधारमा खेललाई छोट्याएर ३१ ओभरमा झारेर १ सय ६५ रनको लक्ष्य बनाएको थियो । 

नेपालका लागि रित गौतम र हरि चौहानले अर्धशतकीय पारी खेले । रितले १२६ बल खेल्दै ४ चौकाको मद्दतमा ७६ रनको अर्धशतकीय पारी खेले। त्यस्तै हरिले ७८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ५६ रनको अर्धशतकीय पारी खेलको हुन् । सन्दीप जोराले २४, आसिफ शेखले १४ र भिम शार्कीले १० रन जोड्न बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झन योग्य रहेन् । 

बादुरेलियाका लागि मलिन्द करुणारत्ने, अभिश्क लक्षण र थिलिना चमाथले समान दुई दुई विकेट लिदाँ मिरागां विक्रामागे र दिल्मिन रत्नयाकेले एक एक विकेट लिए।

यसअघि पहिलो अभ्यास खेलमा नेपाल सिङहलेस क्रिकेट क्लब (एसएससी) को यू-२३ टिमसँग ३ विकेटले पराजित भएको थियो । एसिसी यू-१९ एसिया कप क्रिकेट अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले भदौ २० गते श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।