काठमाडौं- सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप अन्तर्गत दोस्रो चरणको एसिया छनोटका लागि नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहीत चन्द काठमाडौं आईपुगेका छन्।
इन्डोनेसियाको लिग वान क्लब पर्सिजा जकार्ताबाट व्यवसायिक फुटबल खेलिरहेका रोहित बिहीबार नेपाल आईपुगेका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप छनोट अन्तर्गत कुवेत र चाइनिज ताइपेसँगको सुरुवाती दुई खेलका लागि बिहीबार २३ सदस्यीय टोलीको घोषणा गरेको छ । उक्त टोलीमा रोहीत पनि अटाएका हुन् ।
अब रोहीतले शुक्रबारदेखि टोलीको बन्द प्रशिक्षणमा सहभागिता जनाउने छन् ।
विश्वकप छनोट अन्तर्गत नेपालले भदौ १९ गते कुवेतसँग र भदौ २४ गते चाइनिज ताइपेसँग अवे खेल खेल्ने छ । नेपाल रहेको समूह ‘बी’ मा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताईपे रहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४