शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • नियमित कप्तानलाई बाहिर राख्दै विश्वकप छनोट खेल्ने टोलीको घोषणा

नियमित कप्तानलाई बाहिर राख्दै विश्वकप छनोट खेल्ने टोलीको घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित कप्तान विराज महर्जनलाई टोली बाहिर राख्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोट खेल्ने २३ सदस्यिय टोलीको घोषणा गरेको छ। 

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप अन्तर्गत दोस्रो चरणको एसिया छनोटका लागि एन्फले बिहीबार २३ सदस्यिय टोलीको घोषणा गरेको हो। 

यस घोषणा टोलीले कुवेत र चाइनिज ताइपेसँगको विश्वकप छनोट खेल खेल्ने एन्फाले जनाएको छ । नेपालले भदौ १९ गते कुवेत र भदौ २४ गते चाइनिज ताइपेसँग उसैको मैदानमा खेल्नेछ । 

मलेसियन क्लबसँगको मैत्रीपूर्ण खेलका लागि टोलीमा रहेका गोलरक्षक एलेन न्यौपाने र विमल राना पनि विश्वकप खेल्ने टोलीमा अटाएका छैनन् । यता मलेसियन क्लबसँगको मैत्रीपूर्ण खेलका लागि टोलीमा नरहेका रोहित चन्द र किरण चेम्जोङ टिममा परेका छन् ।

विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् । 

नेपाली टोम 

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ 

डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल 

मिडफिल्डर : रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई 

फरवार्ड : विमल घर्तिमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।