शुक्रबार, वैशाख ४, २०८३

नेपालको लक्ष्य फाइनल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- भारतमा जारी पाँचौं संस्करणको साफ यू-१५ पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत आज (बिहीबार) नेपाली टोलीले लिगको अन्तिम खेल खेल्दै छ । अन्तिम खेलमा नेपालले भुटानको सामना गर्दै छ। 

कल्याणी रंगशालामा खेल नेपाली समय अनुसार १२:१५ बजे सुरु हुने छ । फाइनल पुग्ने लक्ष्य बनाएको नेपालका लागि यो खेल निकै नै महत्वपूर्ण छ । 

तुलनात्मक रुपमा कमजोर रहेको टिम भुटानलाई पराजित गरे नेपाल फाइनलमा पुग्नेछ । नेपाल अन्तिम खेलमा भुटानलाई हराउने योजनासहित मैदान उत्रनेछ । यता भुटान भने प्रतियोगितामा सुखद अन्त्य गर्न चाहन्छ । 

आजै हुने अर्को खेलमा बलियो टोली भारतसँग बंगलादेशले खेल्दै छ । तेस्रो स्थानमा रहेको बंगलादेशले भारतसँगै खेल्ने भएकाले पनि नेपालले भुटानलाई पराजित गरे फाइनलमा स्थान पक्का गर्ने छ। 

नेपाल र बंगलादेशको समान तीन खेलबाट समान ६-६ अंक भएपनि हेड टु हेडमा नेपालले बंगलादेशलाई पछि पारेको हो। 

प्रतियोगितामा आफ्नो पहिलो खेलमा भारतसँग ५-० गोल अन्तरले पराजित भएको नेपाललले दोस्रो खेलमा श्रीलंकालाई २-० ले हराएको थियो । त्यस्तै तेस्रो खेलमा साविकको विजेता बंगलादेशलाई ४-१ गोलले पराजित गर्दै नेपालले आफ्नो फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।