बिहीबार, साउन २८, २०८३

आयाक्स च्याम्पियन्स लिगमा छनोट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- डच क्लब आयाक्स च्याम्पियन्स लिग फुटबलमा छनोट भएको छ । बुधबार राती भएको प्लेअफ खेलमा साईप्रसको क्लब एपोल निकोसियालाई २-० गोलले पराजित गर्दै आयाक्सले च्याम्पियन्स लिगमा छनोट भएको हो । 

पहिलो लेग गोल रहित बराबरी खेलेको थियो । आयाक्सको जितका लागि ४३ औं मिनेटमा एडसन अल्वारेजले गोल गरे । पलिहो हाफमा १-० को अग्रता बनाएको आयाक्सले दोस्रो हाफमा थप एक गोल गर्यो । ८० औं मिनेटमा डुसन टाडिकले गोल गर्दै आयाक्सलाई च्याम्पियन्स लिगमा छनोट गराउन सफल भए । 

गत सिजन च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेको आयाक्सले दुई चरणको छनोट खेलेर प्रतियोगितामा पुन छानिएको हो । गत सिजन सेमिफाईनलमा आयाक्स टोटेनहमसँग पराजित हुँदै बाहिरिएको थियो । 

क्लब ब्रुग्स र स्लाविया प्राग समेत प्लेअफबाट च्याम्पियन्स लिगको समुह चरणमा स्थान बनाउन सफल भएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।