एजेन्सी- फ्रान्सकाे लिग वान क्लब पिएसजी र स्पेनिस ला लिगा क्लब बार्सिलोना शुक्रबारको समयसीमा तोक्दै नेयमार हस्तान्तरणका लागि एक सम्झौतामा पुगेका छन् ।
बार्सिलोना र पिएसजीले उनका लागि एक मुल्यमा सहमति भएको जनाइएको छ । दुबै क्लबले १५४ मिलियन पाउण्डमा सहमति भएको हुन सक्ने बताएको छ ।
तर, अन्य विविध विषयमा भने दुबै क्लबबीच वार्ता भइरहेको स्पेनिस पत्रिका स्पोर्टसले जनाएको छ ।

पिएसजीले २ सय मिलियन पाउण्ड माग गरेकाे थियो । जुन पिएसजीले २०१७ मा बार्सिलोनाबाट नै उक्त मूल्यमा नेयमारलाई अनुबन्ध गरेको थियो । तर, नेयमारले पिएसजी छोड्ने आफ्नो इच्छा देखाएका कारण क्लबले आफ्नो मागलाई घटाउने निर्णय गरेको हो ।
पिएसजीले नेयमारको उक्त मूल्यलाई २०२० भित्र कुनै पनि बेला एकमुष्ट भुक्तानीको माग गरेको छ । यससँगै दुबै क्लब नेयमारको अनुबन्ध शुक्रबारसम्म गर्न सकारात्मक देखिएका छन् ।

२७ वर्षीय ब्राजिलियन स्टार नेयमार यस सिजन क्याट्लान क्लबसँग आफ्नो सिजनको सुरुवात गर्न चाहन्छन्। रियल मड्रिड पनि नेयमारलाई अनुबन्ध गर्न प्रयास गरिरहेको छ । तर, नेयमार बार्सिलोनामा अनुबन्धित हुन लागेका छन् ।
नेयमारले यसअघि पूर्व क्लब बार्सिलोनामा आफ्नो फुटबल जीवनकै सबै भन्दा उत्कृष्ट समय बिताएका थिए । त्यसैले पनि नेयमार बारम्बार आफ्नो गन्तव्य बार्सिलोना मात्र भएको बताउँदै आएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४