शुक्रबार, वैशाख ४, २०८३

काभानी तीन साता मैदान बाहिर  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी–पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर एडिन्सन काभानी तीन साता मैदान बाहिर रहने भएका छन् । लिग वान अन्तर्गत आइतबार राति टुलुजविरुद्ध भएको खेलमा हिपको समस्या आएपछि उनी तीन साता मैदानबाट बाहिरने भएका हुन् । 

यससँगै उनले लिग वानका दुई खेल गुमाउने छन् । तर ३२ वर्षीय काभानीले सेप्टेम्वर १७ वा १८ तारिखमा हुने युइएफए च्याम्पियनस् लिग अन्तर्गत आफ्नो पहिलो खेलका लागि भने टोलीमा फर्किन सक्ने अनुमान गरिएको छ । 

यता ब्राजिलियन स्टार खेलाडी नेयमारलाई भने यस सिजनको सुरुवाती तीन खेलमा प्रतिबन्ध लगाएको छ । तर उनी यस सिजनको च्याम्पियन्स लिग कुन क्लबबाट खेल्ने छन् भन्ने टुङ्गो लागेको छैन ।

किनकी उनी यतिबेला युरोपियन ट्रान्सफर विन्डोज बन्द हुन पूर्वः स्पेनिस क्लब बार्सिलोना अथवा रियल मड्रिड जाने सम्भावना प्रबल देखिएको छ । युरोपियन ट्रान्सफर विन्डोज सेप्टेम्वर २ तारिखमा बन्द हुदैछ । 

काभानीले उरुग्वेको राष्ट्रिय टोलीबाट दुई मैत्रिपूर्ण खेलसमेत गुमाउने भएका छन् । उनले  सेप्टेम्वर ७ तारिखमा कोस्टारिका र ११ सेप्टेम्वरमा अमेरिकासँग हुने मैत्रिपूर्ण खेल गुमाउने भएका हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।