शुक्रबार, वैशाख ४, २०८३

मलेसियन क्लबसँग नेपालको लज्जास्पद हार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियाको लिग च्याम्पियन क्लब जोहोर डारुल टाजिमसँग लज्जास्पद हार ब्यहोरेको छ । सोमबार भएको खेलमा नेपालले जोहोरसँग १-० को लज्जास्पद हार ब्यहोरेको हो । 

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप अन्तर्गत दोस्रो चरणको एसिया छनोटको तयारी स्वरुप नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण खेललेको थियो । जोहोरको जितका लागि खेलको एक मात्र निर्णायक गोल निकोलस अवर्टोले गरे । 

उनले खेलको तीन मिनेट नबित्दै गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पेनाल्टी क्षेत्र नजिकै पाएको फ्रि-किक निकोलसले सोझै गोल पोस्टमा प्रहार गर्दै गोलमा परिणत गरेका थिए । त्यसपछि आक्रमक बनेको नेपालले पाएको अवसलाई सदुपयोग गर्न सकेन् । 

खेलको ७३ औं मिनेटमा बिशाल राईले गरेको गोल रेफ्रीले अफसाईडको इसारा गर्दै मान्यता नदिएपछि नेपालले १-० को हार ब्यहोरेको हो । यस खेलमा नियमीत कप्तान विराज महर्जन नहुँदा टोलीको कप्तानी सुजल श्रेष्ठले सम्हालेका थिए । 

त्यस्तै नियमी सदस्य तथा गोलरक्षक किरण चेम्जोङ र रोहित चन्द पनि टोलीमा उपस्थित थिएनन् । किरण यतिबेला जे लिग खेल्न क्लबमा ट्राइल दिन जापनमा छन् । त्यस्तै रोहित भने इन्डोनेसियाको लिगमा ब्यस्त छन् । 

विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् । नेपालले भदौ १९ गते कुवेतसँग उसैको घरेलु मैदानमा खेल्दै छनोटको सुरुवात गर्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।