शुक्रबार, वैशाख ४, २०८३

एमबाप्पे एक महिना मैदान बाहिर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- पेरिस सेन्ट जर्मन (पिएसजी)का युवा स्टार खेलाडी केलिएन एमबाप्पे एक महिना मैदान बाहिर रहने भएका छन् । आइतबार राती टुलुजविरुद्धको खेल दौरान चोट बोकेका एमबाप्पे तीन देखी चार हप्तासम्म मैदान बाहिर रहन सक्ने फ्रेन्च मिडिया फुटबल न्युजले जनाएको छ । 

मेडिकल जाँचमा उनको मसल्समा समस्या देखीए पछि उनलाई तीन देखी चार साता विश्रान दिनु पर्ने जनाइएको हो । खेलको दोस्रो हाफमा उनले चोट बोकेका थिए । खेलको ६६ औं मिनेटमा चोट बोक्दै एमबाप्पे मैदान बाहिरिए पछि उनको स्थानमा १७ वर्षीय डिफेन्डर आर्थुर जार्गे मैदान प्रवेश गरेका थिए । 

सोहि खेलको सुरुवाती समयमा नै उरुग्वेका स्ट्राइकर एडिन्सन काभानी घाइते भएको थिए । उनी खेलको १४ औं मिनेटमा घाइते भएपछि उनको स्थानमा एरिक म्याक्सि मैदान प्रवेश गरेका थिए । एरिकले पिएसजीको जितमा व्यक्तिगत दुई गोल गरेका थिए । त्यस्तै अब्दुल डियालो पनि घाइते भएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।