काठमाडौं- सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप छनोटको तयारीमा रहेको नेपालले मलेसियन लिग च्याम्पियन क्लब जोहारसँग मैत्रीपूर्ण खेल खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुका ६:३० बजे हुने छ ।
कुवेतसँग खेल्दै विश्वकप छनोटको सुरुवात गर्ने नेपालले मलेसियन क्लब जोहारसँगको मैत्रिपूर्ण खेललाई छनोट प्रतियोगिताको तयारीको रुपमा हेरिएको छ । यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोट तयारी स्वरुप बलिया देशसंग अभ्यास खेल खेलाउने तयारी गरेको थियो ।
अन्यदेशसँगको मैत्रिपूर्ण खेल तालिका नमिले पछि अन्तिम समयमा नेपाली राष्ट्रिय टिमले मलेसियन क्लबसँग खेल्न बाध्य भएको हो। यस खेलमा नियमित कप्तान विराज महर्जन टिम बहिर रहेकाले टोलीको कप्तानी सुजल श्रेष्ठले गर्ने भएका छन् । त्यस्तै यस मैत्रिपूर्ण खेलमा नियमीत सदस्य तथा गोलरक्षक किरण चेम्जोङ र रोहित चन्द पनि अनुपस्थित रहने छन् ।
विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत समुह बीमा रहेको नेपालले एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताईपेसंग खेल्दैछ । नेपालले कुवेतसँग भदौ १९ गते अवे म्याच खेल्दै छनोट प्रतियोगिताको सुरुवात गर्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४