काठमाडौं– शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका रवि लामिछानेसहित तीन जनाको चितवन जिल्ला अदालतमा बयान सकिएपछि अहिले थुनछेक बहस सुरु भएको छ।
गत साउन ३० गते पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथिको थुनछेक बहस सुरु भएको हो।
यो बहसपछि मात्रै आरोपितहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने, धरौटी वा तारेखमा रिहा गर्ने बारे अदालतले निर्णय गर्नेछ।
थुनछेक बहस सोमबार नै सम्पन्न हुने र साँझसम्म अदालतको निर्णय आइसक्ने सम्बन्धित अधिवक्ताहरुले जनाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४