शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रिपरिषद् बैठक भिडियो कन्फरेन्समा, प्रधानमन्त्रीले सिंगापुरबाटै सम्बोधन गर्ने

मन्त्रिपरिषद् बैठक भिडियो कन्फरेन्समा, प्रधानमन्त्रीले सिंगापुरबाटै सम्बोधन गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- मन्त्रिपरिषद् बैठक साेमबार भिडियो कन्फेरेन्समार्फत् हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेकाले पहिलो पटक भिडियो कन्फरेन्स गरेर  बैठक बस्न लागेको हो । 

बैठक मध्यान्ह १२ बजेका लागि बोलाइएको छ । बैठकमा सरकारले गर्नुपर्ने नियमित कामका बारेमा छलफल हुने बताइएको छ । 

भिडियो कन्फरेन्समा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै मन्त्री सहभागी हुने र सिंगापुरबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । 

यसअघि मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री सिंगापुर जानुअघि भिडियो कन्फरेन्सबाटै बैठक सञ्चालन गर्न सकिने व्यवस्था गरेको थियो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।