शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिनामंगलमा टिपरले तीनवटा मोटरसाइकललाई ठक्कर दिएपछि ...

सिनामंगलमा टिपरले तीनवटा मोटरसाइकललाई ठक्कर दिएपछि ...

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- काठमाडौँको सिनामङ्गलमा एउटा टिपरले एकैपकट तीनवटा मोटरसाइकलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । 

सिनामङ्गल कार्गो कार्यालय अगाडि आइतबार राति तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको बा २ ख ४३१७ नम्बरको टिपरले बा ८५ प ५६९, बा ३८ प २३९३ र ना ४३ प ८७३५ नम्बरको तीनवटा मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको घटनास्थलमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा बा ३८ प २३९३ नम्बरका चालक पासाङ भोटे रहेका छन् ।

बा ८५ प ५६९ नम्बरका चालक छाङवुङ भोटे, ना ४३ प ८७३५ नम्बरका चालक प्रमोद धिताल भने गम्भीर घाइते भएकाले काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको छ ।

यस्तै घाइते सिसम वाग्ले र प्रवीन धितालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले तीव्र गतिमा आएको टिपरले तीनवटा मोटरसाइकललाई एकैपटक ठक्कर दिएको जानकारी दिए ।

चालकलाई भने नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।