शुक्रबार, वैशाख ४, २०८३

नेयमारविनको पिएसजीको फराकिलो जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- फ्रेन्च लिग वान फुटबलमा आफ्ना स्टार खेलाडी नेयमारविना मैदान उत्रिएको पेरिस सेन्ट जर्मन (पिएसजी)ले आफराकिलो जित निकालेको छ । आइतबार राती भएको खेलमा टुलुजलाई ४-० गोलले पराजित गर्दै फराकिलो जित निकालेको हो । 

घरेलु मैदानमा पिएसजीको जितका लागि एरिक म्याक्सिम चुपो मोटिङले दुई तथा माक्र्यिुन्होजले एक गोल गरे। एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको पहिलो हाफ गोलरहित बराबरी खेलको पिएसजीले दोस्रो हाफमा आक्रमक खेल खेल्दै तीन गोल गर्दा एक आत्मघाती उपहार पाएिको थियो । 

खेलको ५५ औं मिनेटमा एरिक म्याक्सिमले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसको पाँच मिनेट नबित्दै टुलुजका म्याथिउ गोन्काल्भेसले आत्मघाती गोल गरेपछि पिएसजी २-० ले अगाढी बढ्यो । 

७५ औं मिनेटमा एरिक म्याक्सिमले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीले ३-० को अग्रता बनायो । त्यसपछि ८३ औं मिनेटमा माक्र्यिुन्होजले गोल गर्दै पिवएसजीलाई ४-० को फराकिलो जित दिलाए । 

यसजितसँगै पिएसजीले तीन खेलमा दुई जित र एक हार सहित ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पराजित टुलुजले समन खेलमा ४ अंक जोड्दै अंक तालिकाको १२ औं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।