बिहीबार, साउन २८, २०८३

सिटी र न्युकासल विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटीले बर्नेमाउथलाई पराजित गरेको छ । आइतबार भएको खेलमा सिटीले बर्नेमाउथलाई ३-१ गोलले पराजित गरेको हो । 

पाहुना टोली सिटीको जितका लागि सर्जियो अग्युरोले दुई तथा रहिम स्ट्रर्लिङले एक गोल गरे । यता घरेलु टोलीका ह्यारी विलसनले एक गोल फर्काएका थिए ।

खेलको १३ औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीलाई अग्रता दिलाए । पलिहो हाफ सकिन दुई मिनेट बाँकी रहँदा स्ट्रर्लिङले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । तर, पहिलो हाफको इन्जिुरी समयमा ह्यारीले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयार गरे । 

पहिलो हाफमा २-१ ले अघी बढेको सिटीले दोस्रो हाफमा थप एक गोल गर्यो । खेलको ६४ औं मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३-१ को जित दिलाए । 

जितसँगै सिटीले ३ खेलबाट ७ अंक जोडेको छ । सिटी लिगको दोस्रो स्थानमा रहेको छ । पराजित बर्नेमाउथको ३ खेलबाट ४ अक रहेको छ । 

त्यस्तै आइतबार राती नै भएको अर्को खेलमा टोटेनहम न्युकासल युनाईटेडसँग १-० गोलले पराजित भएको छ । न्युकासलको जितका लागि खेलको एक मात्र निर्णायक गोल जोलिनटनले गरे । 

उनले खेलको २७ औं मिनेटमा लाई जित दिलाए । यसजितसँगै न्युकासलले पहिलो जित निकालेको छ । न्युकासलले ३ खेलबाट ३ अंक जोडेको छ । पराजित टोटेनहमले ३ खेलबाट ४ अंक जोडेको छ ।
 
प्रिमियर लिग अन्तर्गत नै आइतबार वुल्भ्स र बर्नलीले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।