शुक्रबार, वैशाख ४, २०८३

नेयमार पिएसजीका लागि नखेल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले पेरिस सेन्ट जर्मन (पिएसजी)का लागि नखेल्ने प्रशिक्षक थोमस टुचेलले बताएका छन् । उनले नेयमारको भविष्यको टुङ्गो नलागेसम्म पिएसजीका लागि नखेल्ने बताएका हुन् । 

‘क्लबको निर्णय स्पस्ट यो छ की नेयमारको विषयको टुङ्गो नलागेसम्म उनले क्लबमा खेल्न पाउने छैनन्। उनले तब मात्र खेल्न पाउने छन् जब उनको क्लबमा बस्ने वा नबस्ने भन्ने विषय स्पस्ट हुनेछ।’ प्रशिक्षक टुचेलले भने, ‘नेयमार राम्रो स्थितीमा छन् । उनले आफ्ना टिम सहकर्मीसँग उत्कृष्ट मानसिकताकासाथ कडा मिहिनेत गरेर प्रशिक्षण गरेका छन् ।’

पिएसजीले नेपाली समय अनुसार आज (आइतबार) राती १२:४५ बजे लिग वान अन्तर्गत तेस्रो खेल खेल्दै छ । तर, यतिबेला नेयमार भने पिएसजी छोड्दै स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिड जाने निधो गरिरहेका छन् । 

उनका लागि बार्सिलोना र रियलले पिएसजी सामू बारम्बर प्रस्ताव गरिरका छन् । पिएसजी भने खेलाडी र केही नगदको प्रस्ताव नभई पूर्ण नगदको माग गर्दै प्रस्तावलाई अस्वीकार गरिरहेको छ । 

त्यसैले अहिलेसम्म नेयमार पिएसजीमा बस्ने वा बाहिरिने भन्ने कुनै खास निर्णय भएको छैन् । नेयमारको यो चर्चा सेप्टेम्बर २ तारिखसम्म चल्ने अनुमान गर्न सकिन्छ । किनकी सेप्टेम्बर २ तारिखमा युइएफएको ट्रान्सफर विन्डोज बन्द हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।