शुक्रबार, वैशाख ४, २०८३

स्टार खेलाडी नहुँदा बार्सिलोनाको टोलीमा १६ वर्षीय युवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- स्टार खेलाडी चोटग्रस्त भएपछि बार्सिलोनाले युवा खेलाडी अन्सु फटीलाई पहिलो पटक सिनियर टोलीमा समावेश गरेको छ । १६ वर्षीय अन्सुलाई बुधबार प्रशिक्षणका लागि पहिलो पटक क्याम्प नाउमा बोलाइएको थियो । उनी आइतबार राती रियल बेटिसविरुद्ध खेल्ने टोलीमा समावेश भएका छन् । 

चोटले पिरोलेको बार्सिलोनाले स्टार खेलाडीको विकल्प खोजि रहँदा अन्सुको डेब्युले टोलीलाई केही राहात हुने अनुमान गरिएको छ । कप्तान लियोनल मेस्सी, लुइस स्वारेज र उस्माने डेम्बले चोटका कारण मैदान बाहिर भएपछि प्रशिक्षक भाल्भार्डेले अन्सुलाई एक विकल्पको रुपमा लिएको हो । 

पहिलो पटक सिनियर टोलीमा परेका उनी प्रशिक्षक एर्नेस्टो भाल्भार्डेको प्रशिक्षणमा आफुलाई प्रमाणित गर्नेमा क्लब आसावादी रहेको अन्तर्राष्ट्रि संचारमाध्यम मार्साले जनाएको छ । युवा लेफ्ट विंगर अन्सु यतिबेला बार्सिलोनाको युवा टोलीमा निकैनै लएमा देखिएका थिए । 

उनले गत सिजन जुभेनिल ‘ए’ टिममा प्रशिक्षक भिक्टर भल्डेससँग काम गरे । जहाँ उनी १५ गोल गर्दै सर्वाधिक गोल कर्ता समेत बनेका थिए । त्यसपछि उनी यसै प्रि–सिजनमा बार्सिलोनाको टिम ‘बी’ मा बढुवा भएका थिए ।

दक्षिण अफ्रीकाको गिनी बिसाउमा जन्मिएका अन्सु सन् २०१३ मा १० वर्षको हुँद बार्सिलोना पुगेका थिए । त्यसपछि उनले बार्सिलोनाका हरेक युवा टोलीका प्रशिक्षकसँग प्रशिक्षण लिए र आफुलाई उत्कृष्ट सावित गर्दै गए । यसै सिजन उनलाई युरोपका थुप्रै क्लबले फ्रेस अनुबन्धका लागि बार्सिलोनासँग प्रस्ताव समेत गरेको थियो । 

तर, बार्सिलोनाले उनको प्रस्तावलाई स्वीकारेन् । अन्सुले २०२२ सम्मका लागि बार्सिलोनासँग सम्झौता गरेका छन् । जब उनी १९ वर्षका पुग्नेछन् तब उनको मुल्य १०० मिलियन युरो हुने सम्झौतामा उल्लेख भएको बताइएको छ । अब उनले पहिलो पटक प्रशिक्षक भाल्भार्डेसँग प्रशिक्षण लिँदै सिनियर टोलीमा पहिलो अनुभब लिने छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।