शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनकपुरका व्यवसायी भन्छन्, ‘घुमुवा प्रहरीले आतङ्क मच्चायो’

जनकपुरका व्यवसायी भन्छन्, ‘घुमुवा प्रहरीले आतङ्क मच्चायो’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- जनकपुरका व्यवसायीहरूले सादा पोशाकमा खटिने घुमुवा प्रहरीले आतङ्क मच्चाएको आरोप लगाएका छन्। घुमुवा प्रहरीको व्यवहारबाट आजित भएर व्यवसाय नै बन्द गर्ने अवस्था उत्पत्र भएको उनीहरूको भनाइ छ।

ऐन कानुनविपरीत प्रहरीले बिना कुनै आधार व्यापारिक प्रतिष्ठानहरूमा पुगेर अनुगमनको नाउँमा तर्साउने र धम्काउने कार्य गरिरहेको धनुषा चेम्बर्स अफ कमर्सले आरोप लगाएको छ।

बिना कारण पसलमा छिरेर सादा पोशाकका प्रहरीले धम्क्याउने गरेका कारण व्यापार व्यवसाय बन्द गर्ने अवस्था भइसकेको कमर्सका अध्यक्ष विजयकुमार साहले बताए।

‘आन्दोलनताका यहाँका व्यापारीहरूले व्यहोरेको आर्थिक क्षति अझै पुरा हुन सकेको छैन,’ उनी भन्छन्, ‘६ महिनासम्म चलेको आन्दोलनबाट भएको क्षति पुरा गर्न बाँकी छ, तीन तहको सरकारको उच्च कर, बैङ्कको चर्को ब्याज तिर्नुपरेको छ। अप्रत्याशित रुपमा सालैपिच्छे घर भाडाले हाम्रो ढाड सेकेको छ। अनि त्यसपछि घुमुवा प्रहरीले विभित्र बहानामा तर्साउने गरेका छन्।’ यस्तो अवस्थामा कसरी व्यापार व्यवसाय गर्न सकिन्छ ?’

घुमुवा प्रहरीको यस्तो क्रियाकलाप रोक्न आफूहरुले प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई भेटेर ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराएको अध्यक्ष साहले बताए।

जनकपुर प्रदेशको राजधानी भएपछि आफूहरु उत्साहित भए पनि पछिल्लो समय प्रहरी प्रशासन र भन्सारबाट अनुगमन तथा निरीक्षणको नाममा व्यापारीहरूलाई तर्साउने कार्य भइरहेको साहको भनाइ छ।

खास गरेर प्रदेश प्रहरी कार्यालयबाट खटिएका घुमुवा प्रहरीले जनकपुर बजार क्षेत्रभित्र आतङ्क मचाएको उनले बताए। ‘मालसमानको भ्याट बिल हुँदासमेत प्रदेश प्रहरी कार्यालयबाट खटेका घुमुवा प्रहरीले अनावश्यक पैसा माग्ने र नदिएको खण्डमा मालसमान नै नियन्त्रणमा लिई भन्सारलाई बुझाउने गरेका छन्। र, भन्सारले पनि तत्कालै ती सामान लिलामी गर्दै आइरहेको छ,’ कमर्सका अध्यक्ष साहले भने।

प्रहरीबाट हुने कानुनविपरीत क्रियाकलापले जनकपुरका व्यवसायीहरू सास्ती झेल्न बाध्य भएको भन्दै मन्त्री यादवलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, ‘प्रहरीको ज्यादतीपूर्ण व्यवहारले व्यापार व्यवसायको वातावरण धराशायी बनेको छ। बढ्दै गएको व्यापार मन्दीले धराशायी हुँदै गएको व्यवसायलाई माथि उकास्नुको सट्टा राज्यकै निकायबाट भइरहेको यस्ता गैरकानुनी कार्यको हामी भत्र्सना गर्दछौँ।’

प्रहरीबाट भइरहेको पैसा माग्ने, व्यवसायीलाई तर्साउनेजस्ता कार्यहरू बन्द गर्न माग गर्दै कमर्सले यस्ता कार्यहरू तत्काल बन्द नभए आफूहरु पसलमा ताल्चा लगाई प्रदेश सरकारलाई साचो बुझाउन बाध्य हुने चेतावनीसमेत दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।