शुक्रबार, वैशाख ४, २०८३

क्यानमाथिको निलम्बन फुकुवा हुने संकेत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
भैरहवा– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाल क्रिकेट संघ (क्यान)माथि लगाएको निलम्बन फुकुवा हुने संकेत देखिएको छ । 

आइसिसीले स्वतन्त्र समितिमार्फत् अधिवेशन गर्न थालेपछि क्यानमाथि लगाइएको निलम्बन फुकुवा हुने संकेत देखिएको हो । 

आइसिसीले क्यानलाई वैधानिकता दिन स्वतन्त्र समितिमार्फत् प्रदेश अधिवेशन गराइरहेको जानकार बताउँछन् । 

क्यानमाथिको निलम्बन फुकुवा हुने संकेतले क्रिकेट खेलाडी, प्रशिक्षक र क्यान नेपालका पूर्वपदाधिकारीमा खुसी छाएको छ । 

आइसिसीले २०७३ वैशाख १३ गते क्यानमाथि निलम्बन गरेको थियो । त्यसयता नेपाली क्रिकेट क्षेत्रमा उल्लेखनीय गतिविधि हुन सकेका छैनन् । 

धमाधम प्रदेश अधिवेशन 

आइसिसीको स्वतन्त्र समितिले धमाधम क्यानको प्रदेश समितिको अधिवेशन थालेको छ । अहिलेसम्म सुदूरपश्चिम, गण्डकी, प्रदेश १ तथा प्रदेश ५ र ६ को अधिवेशन सम्पन्न गरिसकेको क्यानले जनाएको छ । 

अधिवेशनले सुदूरपश्चिममा हरि रेग्मी, गण्डकीमा देबेन प्रजु, प्रदेश १ मा ढुण्डी लामा तथा प्रदेश ५ र ६ मा दुर्गबहादुर थापामगरलाई अध्यक्षमा चयन भएका छन् । 

यस्तै, प्रदेश २ मा भदौ १४ गते र प्रदेश ३ मा भदौ २१ गते अधिवेशन गर्ने तयारी थालिएको बताइएको छ । 

प्रदेश ५ र कर्णाली प्रदेशको संयुक्त अधिवेशन 

प्रदेश ५ र कर्णाली प्रदेशको संयुक्त अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ ।

कर्णाली प्रदेशअन्तर्गत सुर्खेत जिल्लामा मात्रै क्यानको समिति भएकाले प्रदेश ५ र कर्णाली प्रदेशको संयुक्त अधिवेशन गरिएको हो । 

अधिवेशनले उपाध्यक्षमा नवलपरासीका कृष्णप्रसाद श्रेष्ठ, सचिवमा रूपन्देहीका सञ्जय गुरुङ, कोषाध्यक्षमा पाल्पाका राजेश श्रेष्ठ चयन भएका छन् । यसैगरी, सदस्यहरूमा कपिलवस्तुका माया ज्ञवाली, दाङका कैलाश रोका मगर, बर्दियाका विनयराज भण्डारी, सुर्खेतका श्रीधर के.सी., बर्दियाका कृृष्णप्रसाद बस्याल, रूपन्देहीका विनय ज्ञवाली, कपिलवस्तुका पदमराज श्रेष्ठ, दाङका किशोरचन्द्र गौतम र बाँकेका सञ्जयराज सिंह सदस्य चयन भएको आइसिसीद्वारा गठित स्वतन्त्र समितिका कानुनी सल्लाहकारसमेत रहेका निर्वाचन अधिकृत राजेश्वर श्रेष्ठले जानकारी दिए । 

आइसिसीले गठन गरेको स्वतन्त्र समितिमा लेखबहादुर क्षेत्री, ठाकुरप्रसाद थापा, आइसिसीका अमर शेष, विपिन कोठारी र अलि अकबर खान तथा कानुनी सल्लाहकारमा राजेश्वर श्रेष्ठ रहेका छन् ।

अधिवेशनमा प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल, प्रदेश सांसद् सन्तोष पाण्डे, सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारी, राखेपका बोर्ड सदस्य विनोद मैनालीले आइसिसीले केही महिनामै क्यानमाथिको प्रतिबन्ध फुकुवा गर्नेमा आशावादी रहेको बताए । 

यसरी लगाइएको थियो क्यानमाथि निलम्बन 

२०७२ मंसिर २८ र २९ गते क्यानका तत्कालीन उपाध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेल पक्षले अधिवेशन सम्पन्न गर्यो ।

अधिवेशनले चन्दको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । तर, त्यसको केही समयपछि उक्त समिति वैधानिक नभएको भन्दै उजुरी पर्यो । राखेपले पनि उजुरीको आधारमा चन्द नेतृत्वलाई वैधानिकता दिएन ।

त्यसपछि राखेपले रमेश सिलवालको नेतृत्वमा अलग्गै तदर्थ समिति नै गठन गर्यो । सिलवाल अहिले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव छन् । 

माघमा गठन गरेको क्यानको तदर्थ समिति र चन्द पक्षबीचको विवाद बढेपछि आइसिसीले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो ।

पदाधिकारीबीचको पदीय बाँडफाँड नमिल्दा निलम्बनसम्म पुगेको क्यान अहिलेसम्म पनि निष्क्रिय नै छ । यसको प्रत्यक्ष मार सिंगो नेपाली क्रिकेटलाई क्षेत्रलाई परेको छ । 

क्यान निलम्बनमा पर्दा अन्तर्राष्ट्रिय स्तरका तालिम र प्रतियोगितामा समेत नेपाली क्रिकेट खेलाडीले भाग लिने राम्रो वातावरण भएको छैन । 

०७४ सालमा आइसिसीका उपाध्यक्ष इमरान ख्वाजा र वित्तीय शाखाका अमर शेख काठमाडौं आएर विवाद मिलाउने प्रयास गरे पनि सफल भएनन् । त्यसपछि आइसिसीले क्यानलाई चासो दिन छाडेको थियो । 

आइसिसीले एसोसिएट राष्ट्रको नियम २.९ अनुरूप क्यानलाई निलम्बन गरेको थियो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।