शुक्रबार, वैशाख ४, २०८३

बार्सिलोनालाई चोटको पिरोलो, मेस्सी अझै टिम बाहिर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी– अर्जेन्टिनी सुपर स्टार खेलाडी लियोनल मेस्सीले अझै बार्सिलोनाको टिम बाहिर रहेका छन् । उनी आइतबार राती हुने रियल बेटिसविरुद्वको खेलमा पूनः टोली बाहिर रहेका हुन् । 

यसअघि मेस्सी लिगाको दोस्रो खेलका लागि उपस्थित हुन सक्ने अनुमान गरिए पनि हाल प्रशिक्षक इर्नेस्टो भाल्भार्डेले आफ्ना स्टार खेलाडीका लागि कुनै रिस्क नलिने बताएका छन् । 

मेस्सी पिँडुलाको चोटका कारण एथ्लेटिको बिल्बाओसँगको लिगको पहिलो खेलमा पनि टोलीमा परेनन् । उक्त खेल बार्सिलोनाले १–० गोलले हार व्यहोरेको थियो । मेस्सीले प्रि–सिजनको प्रशिक्षणका दौरान चोट बोकेका थिए । 
Image result for messi, suarez and dembele
पहिलो खेलमा चोट बोकेका अर्का स्टार खेलाडी लुईस स्वारेज पनि टोलीमा रहने छैन् । उनी एथ्लेटिको बिल्बाओसँगको खेलमा चोट बोक्दै मैदान बाहिरिएको थिए । स्वारेज चार हप्ता मैदान बाहिर रहनेछन् ।  

त्यस्तै फ्रेन्च स्टार विंगर ओस्मान डेम्बेले पनि उपस्थित रहने छैनन् । उनी पनि लिगको पहिलो खेलका दौरान देब्रे खुट्टामा चोट बोके पछि पाँच हप्ता मैदानबाहिर रहने भएका छन् । उनी एथ्लेटिक बिल्बाओविरुद्धको खेलको ९०औं मिनेटमा घाइते भएका थिए । 
Image result for griezmann
स्टार खेलाडीहरुले पहिलो खेलमा नै चोट बोक्दै मैदान बाहिरिए पछि क्लबले लिगको दोस्रो खेलमा मेस्सी फर्कन सक्ने आशा राखेको थियो । तर स्टार मेस्सीले पुन लिगको दोस्रो खेल समेत गुमाउने भएका छन् । यतिबेला चोटले पिरोलेको बार्सिलोनालाई निकै नै संकट परेको छ । 

स्टार खेलाडीको अनुपस्थितीमा बार्सिलोनाको आक्रमण लाईनमा ठुलो समस्या देखिएको छ । अब बार्सिलोनाको आक्रमण लाईन नयाँ अनुबन्धित खेलाडी एन्टोली ग्रिजमनको काँधमा आएको छ । यो समय ग्रिजमन आफुले आफुलाई प्रमाणित गर्ने समय समेत हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।