बिहीबार, साउन २८, २०८३

रियल बराबरीमा रोकियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी-स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रियल भालाडोलिडसँग बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा मड्रिडले भालाडोलिडसँग १-१ को बराबरी खेलको हो । 

घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा मड्रिडले अंक बँढ्न बाध्य भएको हो । पलिहो हाफमा गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा दुबै टोलीले एक एक गोल गरेका हुन ।  

मड्रिडका लागि करिम बेन्जिमाले गोल गरेका थिए भने भालाडोलिडका सेर्गी ग्वार्डीवलाले एक गोल गरेका हुन् । खेलको ८२ औं मिनेटमा बेन्जिमाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । 

तर, त्यो अग्रता लामो समय टिक्न सकेन । बेन्जेमाले गोल गरेको छ मिनेट नबित्दै भालाडोलिडका ग्वार्डीवलाले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । त्यसपछि दुवैबाट कुनै थप गोल हुन नसकदा अंक बाढ्न बाध्य भएका हुन् । 

यस बराबरीसँगै दुबै टोलीले समान दुई दुई खेलबाट समान चार चरा अंक जोडेको छ । अ.क तालिकामा रियल दोस्रो र भालाडोलिड तेस्रो स्थानमा रहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।