एजेन्सी- साविकको विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबार राती भएको सिजनको आफ्नो खेलमा पर्मालाई १-० गोल अन्तरले पराजित गर्दै लिगमा सुखद सुरुवा गरेको हो ।
युभेन्ट्सले पलिहो हाफमा नै अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा आक्रमक खेल प्रस्तुत गरेपनि थप गोल गर्न नसक्दा युभेन्ट्सले १-० को साँघुरो जित निकालेको हो ।
युभेन्ट्सको जितका लागि जर्जियो चिलीनीले खेलको एकमात्र निर्णायक गोल गरेका हुन् । उनले खेलको २१ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई नयाँ सिजनमा सुखद सुरुवात दिलाए ।
स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले गरेको गोलले मान्यता नपाउँदा युभेन्ट्सले अग्रतो दोब्बर बनाउनबाट चुक्यो। उनको गोललाई रेफ्रीले अफसाइड दिएका थियो । जितसँगै युभेन्ट्सले ३ अंक जोडेको छ । पर्माले भने हारबाट सिजनको सुरुवात गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४