बिहीबार, साउन २८, २०८३

लिभरपुलको जितमा सलाहाको दुई गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- इजिप्टियन स्ट्राइकर मोहमद सलाहाको दुई गोलको मद्दतले इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार तेस्रो जित निकालेको छ । शनिबार राती भएको खेलमा आर्सनललाई ३-१ गोलले पराजित गर्दा सलाहाले दुई गोल गरेका थिए । 
 
घरेलु मैदानमा लिभरपुलले पहिलो हाफमा १-० को अग्रता बनाएको थियो । पलिहो हाफ सकिन चार मिनेट बाँकी रहँदा जोएल माटिपले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा थप दाई गोल गर्ने क्रममा लिभरपुलले एक गोल खाएको थियो ।

४९ औं मिनेटमा सलाहाले पेनाल्टीमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । खेलको ५८ औं मिनेटमा सलाहाले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई ३-० को अग्रता दिलाए । 

खेलको ८५ औं मिनेटमा आर्सनलका लुकास ट्रोरिराले एक गोल फर्काएपनि थप गोल गर्न नसक्दा सलभरपुल र्आसनलमाथी ३-१ ले विजयी भएको हो। 

यस जितसँगै लिभरपुलले ३ खेलबाट ९ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । आर्सनलको यो पहिलो हार हो ।  आर्सनलले ३ खेलबाट ६ अंक जोडेको छ । आर्सनल लिगको दोस्रो स्थानमा रहेको छ  ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।