शुक्रबार, वैशाख ४, २०८३

नेयमारका लागि बार्सिलोनाको अन्तिम प्रस्ताव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- बार्सिलोनाले आफ्ना पूर्व खेलाडी नेयमार अनुबन्धका लागि पेरिस सेन्ट जर्मन (पिएसजी)लाई अन्तिम प्रस्तव गर्ने भएकोछ । अर्को स्पेनिस क्लब रियलल मड्रिडसँग कडा प्रतिस्पर्धा गर्दै बार्सिलोनाले पिएसजीलाई अन्तिम प्रस्ताव गर्न लागेको मिरोरले जनाएको छ । 

यतिबेला बार्सिलोना र रियल सेप्टेम्बर दुई तारिखमा बन्द हुने यस ट्रान्सफर विन्डोज पूर्व नेयमारलाई अनुबन्ध गर्न दौडधुप गरिरहेका छन् । यता पिएसजी बार्सिलोना भन्दा रियललाई बेच्न इच्छुक छ । 
Related image
यस प्राथमिकतालाई मध्यनजर गर्दै रियलले पनि आफ्नो प्रस्तावलाई अगाडी बढाएको छ । यसका लागि रियलले पनि आफ्नो एक प्रतिनिधिमण्डल पेरिस पठाएको छ । तर, बार्सिलोनाले अहिलेसम्म हार मानेको छैन् र पिएसजीलाई एक अन्तिम प्रस्ताव गर्दै छ । यहाँ यो दावा गरेको छ की आउँदो सोमबारसम्म बार्सिलोनाले फ्रान्सेली दिग्गजसँग खुल्ला चर्चा गर्नेछ ।

आर्थिक समस्यका कारण बार्सिलोना नेयमारका लागि खेलाडी र नगदसहितको प्रस्ताव गर्दै छ । तर, अहिलेसम्म कुन खेलाडीलाई दिने भन्ने खुलाएको छैन् । तर, पिएसजी खेलाडी र नगदको साँटो सोझै नगद मुल्य चाहन्छ । जहाँ पिएसजीले २५० मिलियन युरोको माग गरेको छ । 
Related image
मार्साका अनुसार रियलको आर्थिक अवस्था बार्सिलोना भन्दा राम्रो भएकाले नेयमार रियलमा अनुबन्ध हुन सक्ने बताइएको छ । जहाँ नेयमारका लागि रियलले प्रतिसाता तलब ९ सय हजार पाउण्डको प्रस्ताव तयार गरेको जनाएको छ । यदि नेयरमा रियलमा पुगे बार्सिलोनाका लागि एक ठुलो झट्का हुने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।