बिहीबार, साउन २८, २०८३

एभिसी सेन्ट्रल जोन भलिबलमा कीर्गिस्तान च्याम्पियन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको उपाधि कीर्गिस्तानले जितेको छ । 

शनिबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा भएको खेलमा उज्वेकिस्तानलाई पराजित गर्दै कीर्गिस्तान प्रतियोगिताको च्याम्पियन बनेको हो ।

कीर्गिस्तानले उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेटमा २६-२४ ले विजयी भएको कीर्गिस्तान दोस्रो सेटमा २७-२५ र तेस्रो सेटमा २५-१९ ले विजयी भएको हो । 

सेमिफाइनलमा कीर्गिस्तानले तुर्कमेनिस्तानलाई पराजित गर्दै फाइनमा स्थान बनाएको थियो। त्यस्तै उज्वेकिस्तानले माल्दिभ्सलाई पराजित गरेको थियो । एसियन भलिबल संघको संयोजनमा नेपाल भलिबल संघले नेपालमा पहिलो पटक आयोजना गरेको एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको ७ राष्ट्रको सहभागिता रहेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।