शुक्रबार, वैशाख ४, २०८३

ला लिगामा हेरिने ५ नयाँ अनुहार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- स्पेनिस ला लिगा सुरु भैसकेको छ । लिगमा सहभागी सबै २० टोलीले सुरुवाती एक एक खेल खेली सकेका छन् । यिनै सहभागी केही क्लबले केही स्टार र उदयमान खेलाडी आफ्नो क्लबमा अनुबन्ध समेत गरेका छन् । 

ति मध्य केही खेलाडीलाई अनुबन्ध गर्न क्लबले निकैनै संघर्ष समेत गरेका थिए । त्यसैले हरेक नयाँ सिजनमा दर्शक र समर्थकलाई समेत नयाँ अनुहारको प्रदर्शन हेर्न निकै उत्साह हुन्छ । 

सबैको नजर नयाँ खेलाडीमा विशेष हुने गर्दछ । त्यसैले हेरौ यस सिजनको ला लिगामा हेरीने नयाँ ५ खेलाडी ।

जोआओ फेलिक्स

युवा स्टार खेलाडी जोआओ फेलिक्सको अनुबन्धसँगै एथ्लेटिको मड्रिड एक बलियो टोलीको रुपमा उभिएको छ । उनलाई क्लबले आफ्नो इतिहासकै महंगो मुल्यमा पोर्चुजिग क्लब बेन्फिकाबाट अनुबन्ध गरेको हो । 

फेलिक्सका लागि एथ्लेटिकोले १२६ मिलियन युरो खर्च गरेको थियो । १९ वर्षीय फेलिक्सले युवा करियरमा नै आफ्नो छुट्टै प्रभाव छोडेका छन् । एथ्लेटिकोबाट स्ट्राइकर एन्टोनि ग्रिजमन बार्सिलोना गएसँगै उनी एथ्लेटिकोका स्टार खेलाडी बन्नेमा कुनै दुई ममत छैन्। किनकी उनले प्रि-सिजनमा नै एक प्रभावकारी प्रदर्शन गर्दै आफुलाई प्रमाणित गरी सकेका छन् ।

हाजार्ड

बेल्जियम स्टार इडेन हाजार्ड इंग्लिस प्रिमियर लिग क्लब चेल्सीबाट रियल मड्रिडमा पुगे । उनलाई अनुबन्ध गर्न रियलले निकै नै संघर्ष गर्नु परेको थियो । यता हाजार्डलाई पनि लिगामा आफुलाई प्रमाणित गर्नु पर्ने ठुलो चुनौती छ । 

उनीमाथी पछिल्लो सिजन खराव प्रदर्शनबाट गुज्रिएको रियललाई लयमा फर्काउनु पर्ने ठुलो जिम्मेबारी छ । तर उनी लिग सुरुहुनु पूर्व नै घाइते हुन पुगे र लिगको सुरुवाती खेल गुमाउन पुगे । 

उनी टोलीमा फर्किन केही समय लाग्ने छ । रियलमा फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदानको प्रशिक्षण रहेर आफ्नो डेब्यु सिजनमा नै हाजार्डले उपाधि जित्न सक्ने पनि आसा गरिएको छ । 
 
ग्रिजमन

लामो समयको पर्खाइ पछि अन्ततः फ्रान्सेली फरवार्ड एन्टोनी ग्रिजमन क्याम्प नाउमा अनुबन्ध भए । उनलाई अब टिमको एक अट्याकिङ पोजिसनमा महत्वपूर्ण खेलाडी बन्ने ठुलो अवसर छ । 

उनले प्रि-सिजनका खेलमा उत्कृष्ट प्रदर्शन गरेका कारण क्याम्प नाउले भित्र्याउनुको सकारात्मक पक्ष दर्शाएका थिए । प्रि-सिजनमा उनले नेपोलीविरुद्ध डेब्यु् गोल गरेका थिए । 

तर, लिगको पहिलो खेलमा बार्सिलोना एथ्लेटिको बिल्बाउसँग १-० ले पराजति हुँद प्रशिक्षक भाल्भाडेले उनको आलोचना गरेका थिए । प्रशिक्षक भाल्भाडेले ग्रिजमनले धेरै सिक्नु पर्ने भएको भन्दै आलोचना गरेका थिए।

फेकर

फ्रेन्च लिग वान क्लब लियोनबाट रियल बेटिसले नाबिल फेकिरलाई अनुबन्ध गरेको छ । फ्रान्सेली स्ट्राइकरलाई बेटिसले अनुबन्ध गरेसँगै उनको चर्चा पूरै युरोप भर चुलिएको थियो । उनले क्लबमा लो सेल्सोको अभावलाई पुर्ति गर्ने आसा गरीएको छ। 

यतिमात्र हैनकी क्लबले उनीमाथी हरेक हप्ता महत्वपूर्ण गोल गर्नेमा पनि आसावादी देखिएको छ । फेकरले लियोनका लागि आफुलाई प्रमाणीत गरिदिएका छन् । तर, अब उनको पालो ला लिगामा बेटिसका लागि आफ्नो क्षमता देखाउने आएको छ । 

ओडेगार्ड

रियलका विंगर मार्टिन ओडेगार्डले रियलमा आफ्नो स्थान बनाउन सकेनन् । उनले रियलमा हुँदा यसअघि ला लिगाको एक खेल मात्र खेलको थिए । त्यसपछि २०१६-१७ को सिजनदेखी नेदरल्यान्डको क्लब हीरेनवीनमा लोनमा पुगेका उनी त्यहाँको दुई सिजन पछि पुनः २०१८-१९ को सिजनमा नेदरल्यान्डकै क्लब भिटेसमा पुगे । 

हाल उनी लोनमा नै ला लिगा क्लब रियल सोसिडाड पुगेका छन् । २० वर्षीय ओडेगार्डले आफु परिपक्को भएको प्रि-सिजनमा देखाइ सकेका छन्। र उनले ला लिगामा पनि आफु परिपक्को भएको प्रमाणित गर्नु पर्नेछ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।