शुक्रबार, वैशाख ४, २०८३

सेभिल्ला र लेभान्टे विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- स्पेनिस ला लिगा फुटबल अन्तर्गत सेभिल्ला र लेभान्टे विजयी भएका छन् । शनिबार राती भएको खेलमा सेभिल्लाले ग्रान्डालाई १-० ले पराजित गरेको हो । 

ग्रान्डाको घरेलु मैदानमा भएको खेलमा खेलको एक मात्र निर्णयक गोल जोआन जोर्डनले गरे । उनले पहिलो हाफमा गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा गोल गरेका थिए । 

५२ औं मिनेटमा गरेको गोल नै जितका लागि प्रयाप्त बन्यो । यस जितसँगै सेभिल्लाले दुई खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । पराजित ग्रान्डको समान खेलबाट एक अंक छ । 

त्यस्तै शनिबार नै भएको अर्को खेलमा लेभान्टेले भिल्लारियललाई २-१ ले पराजित गरेको छ । पाहुना टोली भिल्लारियलले सुरुवाती अग्रता जोगाउन नसक्दा पराजित भएको हो । 

खेलको सुरु भएको तेस्रो मिनेटमा नै जिरार्ड मोरेनोले गा्ल गर्दै पाहुना टोलीलाई पहिलो हाफमा १-० अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा लेभान्टेले दुई गोल गर्यो । ६८ औं मिनेटमा रोगेर मार्टीले पेनाल्टीमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । 

त्यसपछि ७३ औं मिनेटमा पनि मार्टीनले नै पेनाल्टीमा गोल गर्दै लेभान्टेलाई २-१ को जित दिलाए । यसजिससँगै लेभान्टेले दुई खेलमा तीन अंक जोडेको छ भने पराजित भिल्लारियलले समान खेलबाट एक अंक छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।