बिहीबार, साउन २८, २०८३

मैत्रिपूर्ण खेल खेल्न जाने नेपाली टोलीको विदाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- मलेसियन लिग विजेता क्लब जोहार डारुल टाजिमसँगै मैत्रिपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार २३ सदस्सिय टोलीको विदाई गरेको हो । 

आउँदो सोमबार एक मैत्रीपूर्ण खेलका लागि नेपाली टोली आज (शुक्रबार) त्यसतर्फ प्रस्थान गर्नेछ । यस खेलमा नेपाली टोलीको कप्तानी सुजल श्रेष्ठले सम्हाल्ने छन् । नियमीत कप्तान विराज महर्जन र उपकप्तान किरण चेमजोङ टोली बाहिर रहेका कारण कप्तानी सुजलले सम्हाल्ने छन् । 

विराज फिटनेसको समस्याका कारण टोलीमा नपरेको मुख्य प्रशिक्षक योहान कालिनले जनाएका छन् । त्यस्तै किरण जापानको जे लिग क्लबमा ट्रायलका लागि गएका छन् भने रोहित इन्डोनेसियाको लिगमा व्यस्त रहेका छन् ।

कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।