बिहीबार, साउन २८, २०८३

एभिसी सेन्ट्रल जोन भलिबलमा नेपाल पाँचौ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाल पाँचौ भएको छ । लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा शुत्रबार भएको खेलमा अफगानिस्तानलाई ३-१ को सेटमा पराजित गर्दै नेपाल पाँचौ भएको हो । 

पहिलो सेटमा २५-२३ ले विजयी भएको नेपाल दोस्रो सेटमा २३-२५ ले पराजित भएको थियो । त्यस्तै तेस्रो सेटमा २५-१८ को फराकिलो अन्तरले विजयी हुँदा चाथौ सेटमा २६-२४ ले जित हात पारेको थियो । पराजित अफगानिस्तानले छैठौं स्थान हात पारेको छ । 

समूह ‘ए’मा रहेको नेपालले समूह चरणका दुबै खेल गुमाउँदै समूहको तेस्रो भएको थियो । यता समूह ‘बी’मा रहेको अफगानिस्तानले समूहको एक खेल मात्र जित्नै समूह चरणमा तेस्रो बनपछि प्रतियोगितामा पाँचौ स्थानका लागि प्रतिस्पर्धा भएको थियो । 

प्रतियोगिताको फाइनल खेल भोली  (शनिबार) उज्वेकिस्तान र किर्गीस्तानबीच हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।