शुक्रबार, वैशाख ४, २०८३

आज पाँचौ वरियताका लागि नेपाल र अफगानिस्तान भिड्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको पाँचौं वरियताका लागि घरेलु टोली नेपाल र अफगानिस्तानले प्रतिस्पर्धा गर्ने भएका छन् । खेल लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा दिउँसो ३ बजे सुरु हुने छ । 

समूह चरणबाट बाहिरिएका दुबै टोलीले पाँचौ र छैटौं स्थानको खेलका लागि प्रतिस्पर्धा गर्ने छन् । नेपालले समूह ‘ए’मा रहदै समूहमा दुबै खेल गुमाएको थियो । त्यस्तै समूह ‘बी’मा रहेको अफगानिस्तान उक्त समूहको तेस्रो स्थानमा रहेका कारण पाँचौं वरियताका लागि प्रतिस्पर्धा गर्ने मौका पाएको हो ।

अफगानिस्तानले समूह चरणमा बंगलादेशलाई पराजित गर्दै समूहको तेस्रो स्थानमा रहेको थियो । तीन टोली रहेको समूह ‘ए’मा दुवै खेल हारेपनि स्वतः तेस्रोमा रहेको नेपालले पाँचौ वरियताका लागि खेल्ने मौका पाएको हो । 

नेपाल र अफगानिस्तानबीच एक सातामा तेस्रो पटक खेल प्रतिस्पधौ हुँदै छ । अघि च्याम्पियनसिपको तयारीका लागि यि दुई टोलीबीच बुधबार र बिहीबार दुई मैत्रीपूर्ण खेल भएका थिए । दुवै खेलमा नेपालले अफगानिस्तानलाई ३-२ ले हराएको थियो । 

यस खेलमा पनि नेपाल अफगानिस्तानलाई पराजति गर्दै प्रतियोगितामा सुखद अन्त्य गर्न चाहन्छ । यता अफगानिस्तान भने दुई मैत्रिपूर्ण खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।