बुधबार, वैशाख ९, २०८३

साफ यू-१८ : नेपालको पहिलो खेलमा माल्दिभ्ससँग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- तेस्रो संस्करणको साफ यू-१८ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने भएको छ । साफले बिहिबार दोस्रो पटक सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले घरेलु मैदानमा पहिलो प्रतिद्वन्दी माल्दिभ्स पाएको हो ।

अन्तिम समयमा पाकिस्तानले सहभागिता नजनाएपछि साफले दोस्रो पटक खेल तालिका सार्वजनिक गरेको हो । यसअघि नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने तालिका रहेको थियो । समूह ‘ए’ को नेपालले माल्दिभ्ससँग असोज ३ गते खेल्नेछ । 

त्यस्तै समूहको अन्तिम खेल नेपालले भुटानसँग असोज ५ गते खेल्नेछ । शसस्त्र प्रहरी बलको मैदान हलचोकमा हुने प्रतियोगिताको अर्को समूहमा बंगलादेश, भारत र श्रीलंका रहेको छ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको लागि नेपालले प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरिसकेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।