बुधबार, वैशाख ९, २०८३

गोलरक्षक नाभासले रियल छोड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- कोस्टा रिकाका गोलरक्षक केलोर नाभासले स्पेनिस ला लिगा क्लब रियल मड्रिड छोड्ने बताएका छन् । रियलले उनलाई दोस्रो रोजाईको गोलरक्षक बनाएको भन्दै रियल छोड्न चाहेको मार्साले बताएको छ । 

प्रशिक्षक जिनेदिन जिदानले यस सिजन थिवाउट कोर्टोजलाई पहिलो रोजाईको गोलरक्षक रहेको बताउँदै आएका छन् । त्यसपछि नाभासले रियल छोड्न चाहेको बताइएको छ । नाभासले क्लब छोड्न चाहेको रियललाई यसअघि नै थाहा थियो र उनी पेहिले देखी नै आफ्नो सक्भावित प्रतिस्थापन खोजी रहेको बताइएको छ । 

त्यसैले अुभवी गोलरक्षक नाभासले ट्रान्सफर विन्डोज बन्दहुनु भन्दा पहिले आफु क्लब छोड्न तयार रहेको बताएका छन् । गत सिजनको अन्त्य तिर नाभासलाई फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) जान सक्ने बताइएको थियो । 

तर, उनको त्यो प्रयास सफल हुन सकेन् । हाल पिएसजीका गोलरक्षक बुफोन इटालियन सिरी ए क्लब युभेन्ट्स पुगे पछि फेरी उनीमाथी रुचि देखाएको हो । जिदानले उनलाई सिजनको अन्तिम खेलमा विदाई गरि दिएका थिए । तर, रियलले भने उनीबारे हालसम्म कुनै निर्णय लिन सकेको छैन् । 

नाभासले रियलमा रहेर एक एक ला लिगा र सुपर डे स्पानियाको उपाधि जित्दा दुई पटक युइएफए सुपर कप र समान चार चार पटक च्याम्पियन्स लिग र फिफा क्बल विश्वकपको उपाधि जित्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले गत सिजन ला लिगाका मात्र १० गरी सबै खाले २१ खेल खेलेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।