बाँके- बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ। नेपालगन्ज मेडिकल कलेजमा शुक्रबार राति उपचारका क्रममा यादवको निधन भएको हो।
रक्तचाप कम भएपछि उनलाई शुक्रबार बेलुका ६ बजे अस्पताल भर्ना गरिएको थियो। राति एक बजे उनको निधन भएको हो।
यादव नेकपा (एमाले) लुम्बिनी प्रदेशका सदस्यसमेत रहेका थिए। अध्यक्ष यादव निष्ठावान, इमान्दार र नैतिकवान नेताका रुपमा परिचित थिए। नेकपा (एमाले) बाँकेले उनको निधनले पार्टी र सिंगो जिल्लाले अभिभावक गुमाएको जनाएको छ।