बिहीबार, साउन २८, २०८३

एभिसी सेन्ट्रल जोन भलिबल : नेपालको सपना अधुरै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- घरेलु मैदानमा आयोजना भएको एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताबाट नेपाल बाहिरिएको छ । बुधबार भएको खेलमा माल्दिभ्ससँग ३-० को सोझो सेटमा पराजित भएसँगै नेपाल प्रतियागिताबाट बाहिरिएको छ ।

यससँगै घरेलु मैदानमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने नेपालको सपना अधुरै रहेको छ । समूहको पहिलो खेलमा प्रतियोगिताकै बलियो टोली कीर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको थियो । 

तर, दोस्रो खेलमा मल्दिभ्सलाई सहजै पराजित गर्ने सेमिफाइनलमा स्थान बनाउने लक्ष्य बनाएको नेपाल उल्टो आफु पराजित हुन पुग्यो । पहिलो सेटमा २५-२२ ले गुमाएको नेपालले दोस्रो सेटमा झनै खराव प्रदर्शन गर्यो । 

दोस्रो सेटमा नेपाल २५-२१ मा पराजित हुन पुग्यो । तर, तेस्रो सेटमा नेपाल २५-१४ को फराकिलो अन्तरमा पराजित भएसँगै नेपालको घरेलु मैदानमा उपाधि जित्ने सपना अधुरै रहेको हो । माल्दिभ्ससँगको हारसँगै समूह 'ए' बाट नेपाल जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपालले अंक जोड्न सकेन । अब नेपालले पाँचौ स्थानको लागि समूह 'बी' को तेस्रो हुने टोलीसंग खेल्नेछ । माल्दिभ्स भने समूहको उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सले २ खेलमा २ अंक जोड्यो । 

माल्दिभ्सले अब सेमिफाइनलमा समूह 'बी' को विजेता उज्वेकिस्तानसँग खेल्नेछ । यस समूहबाट किर्गिस्तान २ खेलमा २ जितसहित ४ अंक जोडेर समूह विजेताको रुपमा सेमिफाइनल पुगिसकेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।