शुक्रबार, जेठ १, २०८३

मिशन मङ्गल एक सय करोड क्लबमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
एजेन्सी- अगस्ट १५ मा रिलिज भएको बलिउड फिल्म ‘मिशन मङ्गल’ एक सय करोडको क्लबमा प्रवेश गरेको छ।

‘होम साइन्स’ को आधारमा मङ्गल ग्रहमा यान प्रक्षेपण गरिएको सत्य कहानीमा बनेको यस फिल्ममा अक्षय कुमार, विद्या बालन, सोनाक्षी सिन्हा, नित्या मेनन र शरमन जोही जस्ता मल्टि स्टारले अभिनय गरेका छन्।

यस फिल्मले एक हप्तामा एक सय सात करोडको व्यापार गरेको छ। अक्षय कुमारको हालसम्मको फिल्ममा मिशन मङ्गलले सबै भन्दा छिटो करोड क्लबमा समावेश भएको फिल्म भएको।

यसअघि उनको केसरी फिल्मले एक हप्तामा एक सय करोड कमाएको थियो। जगन शक्तिले यस फिल्मको निर्देशन गरेका हुन्। 

यस्तै, १५ अगस्ट मै रिलिज भएको फिल्म ‘बटाला हाउस’ ले भने पाँच दिनमा ५३.०४ करोडको व्यापार गरेको छ। फिल्ममा जोन अब्राहम र मृणाल ठाकुरले मुख्य भूमिका निर्वाह गरेको थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्