बिहीबार, साउन २८, २०८३

यू-१९ एशिया कप : नेपालले दुई टेस्ट राष्ट्रसँग खेल्ने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू-१९ एशिया कप क्रिकेटमा अन्तर्गत नेपालले समूह चरणमा दुई टेस्ट राष्ट्रसँग खेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार समूह ‘बी’ रहेको नेपालले समूहमा दुई टेस्ट राष्ट्रसँग खेल्न लागेको हो । 

यही भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा आफ्नो पहिलो खेल भने नेपालले भदौ २० गते टेस्ट राष्ट्र तथा आयोजक श्रीलङ्कासँग खेल्ने छ । त्यस्तै आफ्नो दोस्रो खेल नेपालले अर्को टेस्ट राष्ट्र बङ्गलादेशसँग भदौ २२ गते खेल्नेछ। समूह चरणको अन्तिम खेल युएईसँग भदौ २४ गते खेल्नेछ । 

नेपालको समूहमा आयोजक श्रीलङ्कासँगै बङ्गलादेश र संयुक्त अरब इमिरेटस (युएई) रहेका छन् । त्यसैगरी समूह ‘ए’मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । नेपालले भने राउण्ड रोबिन लिगपछि दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

असार महीनामा मलेसियामा सम्पन्न भएको एसिसी यू-१९ इन्टर्न रिजनको उपाधि जितेर नेपाल एशिया कपमा छनोट भएको थियो । त्यतिबेला नेपालले फाइनल खेलमा हङकङलाई ६ विकेटले पराजित गर्दै उपाधि हासिल गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।