सोमबार, फागुन १८, २०८२

सेनिटाइजर पिएका एक जनाको मृत्यु

धनगढीमा सेनिटाइजर पिएका एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा धनगढी उपमहानगरपालिका-१२ का टीकाराम बराइली रहेको प्रहरीले जनाएको छ।
 |  शनिबार, भदौ १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १२, २०७८

kumari

धनगढी- धनगढीमा सेनिटाइजर पिएका एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा धनगढी उपमहानगरपालिका-१२ का टीकाराम बराइली रहेको प्रहरीले जनाएको छ।  भदौ ९ गते सेनिटाइजर पिएका बराइलीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सेनिटाइजर पिएका बराइली स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार जुगेडाकै स्थानीय मेडिकलमा गएका थिए।

त्यहाँ उनलाई स्लाइन चढाइएको थियो। समान्य उपचारपछि घर फर्किएका उनको स्वास्थ्य थप गम्भीर भएपछि राति नै धनगढीकै निसर्ग अस्पताल लगिएोमा त्यहाँ उनको उपचारका क्रममा मृत्यु हो। प्रहरीका अनुसार उनले सेनिटाइजर किन पिए भन्ने खुल्न सकेको छैन।

प्रकाशित: Aug 28, 2021| 07:43 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।