शुक्रबार, वैशाख ४, २०८३

हेड टु हेड : नेपाललाई कीर्गिस्तानको चुनौती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली भलिबलकै इतिहासमा नेपालका आयोजना हुन लागेको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता अन्तर्गत आज (सोमबार) नेपालले बलियो टोली कीर्गिस्तानको सामना गर्दैछ । 

खेल अपरान्ह ४ बजेपछि सुरु हुनेछ । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले आफ्नो पहिलो खेलमा नै बलियो प्रतिद्वन्दीको रुपमा कीर्गिस्तानलाई पाएको हो। लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा हुने खेलमा नेपालले प्रतिफाईनल पुग्ने लक्ष्य लिएको छ । 

त्यसैले घरेलु मैदानमा समर्थकको साथसँगै प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा हुनेछ । आजको खेलमा विजयी हुने टोली एक खेल अगावै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने छ । किनकी यस समूहहमा तीन देशमात्र रहेका छन् । समुह ‘ए’मा नेपाल, कीर्गिस्तान सहित माल्दिभ्स रहेको छ ।

हेड टु हेड

हेड टु हेडमा भने नेपाल भन्दा कीर्गिस्तान बलियो देखीएको छ । हालसम्म भएका पाँच भेटमा नेपाल कीर्गिस्तानसँग चार खेलमा पराजित भएको छ । पहिलो सेन्ट्रल जोनमा ३-१ को सेटमा पराजित भएको नेपालले दोस्रो सेन्ट्रल जोनको सेमिफाइनल खेलमा ३-१ को सेटमा पराजित भएको थियो। 

त्यस्तै तेस्रो सेन्ट्रल जोनको समूह चरण ३-१ को सेटमा पराजित हुँदा तेस्रो सेन्ट्रल जोनको प्ले अफमा ३-० को सेटमा पराजित भयो। चौथो सेन्ट्रल जोनमा तेस्रो स्थानका लागि भएको खेलका नेपाल ३-० को सेटमा पराजित भएको थियो । 

तर, २०७५ को एसियन गेम्समा नेपाल विजयी भयो । उक्त खेलमा कीर्गिस्तान अनुपस्थित भएपछि नेपालले वाक ओभर पाउँदै विजयी भएको थियो । यो नै हालसम्म कीर्गिस्तानविरुद्धको नेपालको एकमात्र वाम ओभर जित हो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।