बिहीबार, साउन २८, २०८३

तनाव ग्रस्त खेलमा एथ्लेटिको विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राती भएको तलाव ग्रस्त खेलमा एथ्लेटिको गेटाफेसँग १-० ले विजयी भएको छ । एथ्लेटिकोको घरेलु मैदामा भएको खेलमा दुबै टोलीले रातो खाएको खेलका थिए । 

गेटाफेका लागि जर्ज मोलिनाले रातो कार्ड खादै मैदान बारिए पछि १० खेलाडीमा समेटिएको थियो । त्यस्तै एथ्लेटिकोका लागि रेनान लोडीले रातो कार्ड पाएपछि दुबै टोली पहिलो हाफमा नै १० खेलाडीमा समेटिएका थिए । 

घरेलु मैदान एथ्लेटिकोको जितका लागि अल्भारो मोराटाले खेलको एक मात्र निर्णायक गोल गरेका थिए  । उनले खेलको २३ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई लिन दिलाए । 

त्यसपछि खेलको ३८ औं मिनेटमा गेटाफेका मोलिनाले रातो कार्ड पाउदा त्यसको चार मिनेट नबित्दै घरेलु टोलीका लोडीले दोहरो पहेलो कार्ड खादै मैदान छाडेका थिए । लोडीले एक मिनेटको अन्तरमा दुई पहेलो कार्ड खाएका थिए ।

खेलको ५६ औं मिनेटमा पाएको पेनाल्टीको अवसर मोराटाले गुमाएपछि एथ्लेटिकोले अग्रता दोब्बर गर्ने मौका गुमाएको थियो । यस जितसँगै एथ्लेटिकोले ३ अंक जोडेको छ ।

आईतबार रातिनै भएका अन्य खेलमा रियल भालाडोलिडले रियल बेटिसलाई २-१ ले पराजित गर्दा सेभिल्लाले स्प्यानियोललाई २-० र डिपोर्टिभो आल्भेसले लेभान्तेलाई १-० ले पराजित गरेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।