शुक्रबार, वैशाख ४, २०८३

पिएसजीलाई रेनेसको चुनौती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- पेरिस सेन्ट जर्मन (पिएसजी)ले लिग वान अन्तर्गत आज (आइतबार) रेनेससँग आफ्नो दोस्रो खेल खेल्दै छ । खेल रेनेसको घरेलु मैदानमा नेपाली समय अनुसार राती १२:४५ बजे सुरु हुने छ । 

पिएसजीले दोस्रो खेलमा रेनेसलाई पराजित गर्दै लिगमा लगातार जित निकाल्न चाहन्छ । तर, रेनेसमाथी जित निकाल्न पिएसजीलाई त्यती सजिलो भने छैन् । किनकी टोलीमा स्टार खेलाडी नभएपनि रेनेस अप्रत्यासित जित निकाल्न सक्ने क्लब मध्यको एक मानिन्छ । 

रेनेसले लिगको पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गरेको छ । त्यसैले दोस्रो खेलमा पनि पिएसजीलाई रोक्दै आफ्नो अंक तालिकामा अंक थप्ने योजनामा छ । तर, रेनेसलाई घरेलु मैदानमा दर्शकको साथ भएपनि पिएसजीका युवा स्टार केलिएन एमबाप्पे, स्ट्राइकर एडिसन काभानी र एन्जल डि मारियालाई रोक्न मुस्किल पर्ने छ । 

उत्कृष्ट लयमा रहेका एमबाप्पे, काभानी र डि मारीयाले लिगको पहिलो खेलमा निमेसलाई पराजित गर्दा एक एक गोल गरेका थिए । यता ब्राजिलियन स्टार खेलाडी नेयमार भने टोलीमा रहने वा नरहने कुनै टुङ्गो छैन् । उनी यतिबेला पेरिस छोड्ने मनसाएमा छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।