एजेन्सी- इग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले लगातार दोस्रो जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राती भएको खेलमो साउथह्याम्पटनलाई २-१ गोलले पराजति गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।
लिभरपुलको जितमा साडियो माने र रोबर्टो फिर्मिन्होले एक एक गोल गर्दा साउथह्याम्पटनका ड्यानी इन्ग्सले एक गोल फर्काए । लिभरपुलले पहिलो हाफको अन्तिम समयमा घरेलु टोमविरुद्ध अग्रता लिएको थियो ।
पहिलो हाफको इन्जुरी समयमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता लिाएका थिए । त्यसपछि ७१ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । खेलको ८३ औं मिनेटमा साउथह्याम्पटनका ड्यानीले गोल गर्दै खेलमा फर्किने प्रयास गरेपनि थप गोल हुन नसक्दा खेल लिभरपुलले २-१ ले जितेको हो ।
यस जितसंगै लिभरपुलले २ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । साउथह्याम्पटनको लगातार दोस्रो हार सहित अंक विहिन छ ।
त्यस्तै प्रिमियर लिग अन्तर्गत शनिबार राती नै भएको अन्य खेलमा एभर्टनले वाट्फोर्डलाई १-० गोलले पराजित गर्दा नर्विचले न्युकासललाई ३-१ ले पराजित गरेको छ । त्यस्तै बर्नेमाउथले एस्टन भिल्लालाई २-१ तथा ब्राइटन र वेष्ट ह्यामले १-१ को बराबरी खेलेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४