शुक्रबार, वैशाख ४, २०८३

दश खेलाडीमा समेटिएको रियलको विजयी सुरुवात 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- दश खेलाडीमा समेटिएको रियल मड्रिडले स्पेनिस ला लिगा अन्तर्गत नयाँ सिजनको आफ्नो पहिलो खेलमा सुखद ससरुवात गरेको छ । शनिबार राति भएको खेलमा सेल्टा भिगोलाई ३-१ गोलले पवराजित गर्दै रियलले लिगमा सुखद सुरुवात गरेको हो ।

दश खेलाडीमा समेटिएको पाहुना टोली रियलको जितमा करिम बेन्जिमा, टोनि क्रुस र लुकास भास्क्वेजले एक एक गोल गरे । घरेलु टोली सेल्टाका लागि इकर लोसडाले एक गोल फर्काए  ।

खेलको १२ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनले ग्यनरेथ बेलमा क्रसमा वानटच गोल गर्दै पहिलो हाफमा पाहुना टोलीलाई १-० को अग्रता दिलाए । ५६ औं मिनेटमा लुका मोड्रिचले रातो कार्ड खाँदै मैदान बाहिरिए । 

सेल्टाका खेलाडीलाई ट्याकल गरेपछि मोड्रिचलाई रेफ्रीले रातो कार्ड देखाएका थिए । तर, त्यसपछि रियलले थप दुई गोल गर्दा एक गोल खायो । खेलको ६१ औं मिनेटमा क्रुसले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ८० औं मिनेटमा लुकासले गोल गर्दै रियलकाो अग्रता तेब्बर पारे ।

खेलको इन्जुरी समयमा घरेलु टोलीका लोसडाले एक गोल फर्काउँदै गेल अन्तर घटाउने प्रयास गरेका थिए । यस जितसँगै रियलले ३ अंकबाट सिजनको सुरुवात गरेको छ  । सेल्टाले भने हारबाट नयाँ सिजनको सुरुवात गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।